आत्तिएर निराश भइहाल्नु पर्ने अवस्था छैन, देशको चिन्ता गर्ने पार्टी सरकारमा छः सांसद राजेन्द्र राई

भोजपुर जिल्लाको प्रदेश सभा (क) प्रदेशसभा सदस्य, नेकपाका केन्द्रिय सदस्य तथा संखुवासभा नेकपाका ईन्चार्ज राजेन्द्र कुमार राई बौद्धिक, भद्र, शालिन, विकासप्रेमी र सरल जिवनशैली भएका नेता मानिन्छन् । राई हाल भोजपुर आयोजना हुने विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम र संखुवासभामा विशेषगरि राजनीतिक कार्यक्रममा व्यस्त रहेका सांसद राईसँग गरिएकाे अन्तर्वार्ताकाे अंश ।

आराम हुनुहुन्छ हुनहुन्छ ?
हजुर अहिले आराम नै छु ठुलो विराम छैन, साधारण रुघाखोकीले बेला बेला सताउछ ।
आज भोलि केमा व्यस्त हुनुन्छ ?
अहिले चाडपर्वहरुको अवसरमा विभिन्न संघसस्थाले आयोजना गरेको कार्यक्रममा जाने दौडधुप छ भने, संखुवासभाको इन्चार्ज पनि भएको र जिल्ला भोजपुर जिल्लादेखि प्रदेश प्रतिनिधी र जिल्ला नागरिक पनिभएकोले कार्यक्रमहरु बाक्लै छ त्यस कार्यक्रमलाई सफल बनाउनमा व्यास्त छु ।

भिडियाे

प्रदेश सरकार अनि जिल्ला र स्थानीय तहसंगको समन्वय कस्तो भईरहेको छ ?

भोजपुरमा असमझदादी, समस्य छैन प्रदेशको धेरै योजनाहरु स्थानीय तहहरु मार्फत कार्यन्वयगर्नूपर्ने हुन्छ र एउटा निर्वाचन क्षेत्रविकास कोष छ त्यस कोषको एउटा समिति छ त्यो समितिमा प्रत्यक्ष निर्वाचित सांसद संयोजक हुन्छ समानुपातिक सांसद जिल्ला समन्यव समिति प्रमुख, उपप्रमुख र स्थानीय तहहरुको प्रमुख उपप्रमुख पनि त्यस समितिमा हुनुहुन्छ र क्षेत्र विकासको योजना छनौट जिम्मा त्यो समितिलाई हुन्छ त्यस कार्यामा पनि उहाँहरुको भयङकरनै सहयोग छ असमझदारी छैन र समन्वय पनि भईरहेको छ ।

सांसद भएदेखि व्यस्तै रहनु हुन्छ जनताहरु संग भेटघाट गर्नु हुन्छ कस्तो अनुभव भईरहेको छ ?

सांसदहरु जनतासामु भेटघाट गर्न नजाने भन्ने कुरा हुदैन जानु पर्छ तर अझै पनि भेटघाट कार्यक्रम पुगेको छैन, अझै नजिक हुन सकेको छैनौं । जान नसक्नुको कारण देशले नया बाटोमा पाईला टेकेको छ । पहिला ऐन, कानुन नभएकोले अहिले निति एेन सांसदहरुलेनै बनाउनु पर्ने भएकोले जनताले अपेक्षा गरे जति भेटघाटमा जान सकिएको छैन । योजनाहरु पार्ने सन्दर्भमा पहिला भन्दा अहिले बढि योजना पठाउछ पहिला शहरहरुमा बजेट धेरै जाने गाँउमा अलिक कम जाने हुन्थ्यो अहिले दामासाहि हिसाबमा जाने भएकोले जनताचै खुसिनै छन जस्तो लाग्छ सबैको मन बुझाउनत सकिएन होला तर पनि नियम कानुन भित्र रहेर हुने सम्म काम चै गरिरहेको छु । जनताले अपेक्षा धेरै गरेका हुन्छन् निति नियम नबुझि ठाडो आदेशमा काम हुनु पर्छ भन्ने किसिमको जनताहरुचै अलिक रुष्ट छन जस्तो लाग्छ ।

चुनावको समयमा जनताहरुलाई दिएका बाचाहरु पुरा गर्नु भयो ?

चुनावको बेलामा गरेका प्रतिबद्धताहरु समय तोकेर सकाउने कुराहरु बाचा गरेका थिएनौं । पाँच बर्षको कार्यावधिमा गरिने कार्यहरुमा हामीले बोलेका थियौं । हामीले गरेका केहि प्रतिबद्धताहरु केहि पुरा हुदैछ केहि काम प्रतिबद्धता नगरे पनि भईरहेको छ । बोलेका कुराहरु अहिलेनै पुरा हुनु पर्छ भन्ने हैन पाँच बर्षको कार्यकालमा पुरा गर्नेछौं । केहि ठुला योजनाहरु लम्सुवा पुलको बारेमा किटानका साथ भनेका थिएनौ आफ्नो शक्तिले पुगे सम्म गर्नेछौं भनेर बोलेको थिएँ । त्यसमा धेरै विभिन्न किसिमका जटिल समस्यहरु आईरहेको छ त्यसको विकल्प खोजेर काम गर्नेछौं ।

केहि समय अगाडी प्रतिनिधी सांसद सुदन किराँती तपाईको नाम जोडेर हामी दुईजना भएर पुल बनाउछौं भन्नु भएको थियो कस्तो खालको छलफल भएको छ ?

वितेको समयमा दुईजना भएर धेरै प्रयाश र पहल गरेका हौं । हामीले प्रदेशको मुख्य मन्त्रीलाई घचघच्याउने काम गरिरहेका छौं ठेकेदार सँग पनि छलफल गरेका छौं, केन्द्रको योजना भएको कारण केन्द्रका सडक डिभिजन कार्यलयका हाकिम इन्जिनियरहरु संग अनि भौतिक पुर्वधार मन्त्री संग पनि छलफल गरेर पार्टीका नेताहरुलाई पनि कुरा गरेर ध्यानाकर्षण गराएका थियौं । त्यस कारणले माथिको कार्यलय र ठेकेदारले पनि केहि चासो चै दिएको थिए तर त्यति प्रयासले मात्रै भएन अबचै दवाब मुलक प्रयाशले अगि बढ्ने छौं ठुलो योजना भएकोले विभिन्न किसिमका प्राविधिक समस्यहरु आउछन् त्यस किसिमको समस्याले पनि नरोकिने तरिकाले यो हिउँदमा लाग्नेछौं ।

क्षेत्रविकास कोषदेखि विकल्पको लागि सतिघाटमा फेरी निर्माणको लगि बजेट विन्योजन गर्नू भएको थियो तर काम भएन के कारणले भएन ?

गत बर्षनै निर्माण कार्य सम्पन्न हुने गरि बजेट हालेको हो नगरपालिका मार्फत निर्माण कार्य हुनु पर्ने हो । फेरी निर्माण कार्यमा नगरपालिकालाई अनुभव कम भएको हुन सक्छ त्यस कारण निर्माण कार्य छिटो छरितो ढंगले अगाडी बढेन । नगरपालिकामा प्रशासकिय अधिकृत धेरै समय रिक्तता हुनु र टेन्डर आव्हान पनि ढिला गरेको थियो । जुन बेलामा टेन्डर लगायो त्यसपछि फेरी निर्माण भईसक्ने समयनै नरहेको कारण फेरी निर्माण गत बर्ष सम्पन्न हुन सकेन । बजेट फिर्ता गयो त्यसको सुरुवातमा अहिले नगरपालिकाले बजेट लगाएर फेरी निर्माणमा लागिरहेको छ यो बर्ष सम्पन्न हुन्छ ।

त्यो योजना यहाँको लागि ठुलो थियो योजना सम्पन्न नहुँदा कस्तो महशुस भयो ?

त्यो योजना सम्पन्न नहुँदा यहाँका जनताले अभै केहि समय दुख पाउने भयो । योजनाको बारमा बुझ्नलाई फोन गर्दा यहाँको कार्यकारी, मेयर, उपमेयर र वडाध्यक्षहरुले सकरात्मक मात्रै जवाफ दिएको कारण पनि हामीले त्यसमा त्यति धेरै ध्यान दिएनौ त्यहि भएर फेरी निर्माण कार्य सम्पन्न भएन । केहि केहि व्याक्तिहरुको नियतमाचै खोट नै थियोकी भन्ने संका पनी रह्यो तर यो विगतका कुरालाई सम्झेर अब केहि हुदैन नगरपालिकाले यो कार्य पुरा गर्छ भन्ने आशा गरेको छु ।

देश संघिय प्रणालीमा गएको धेरै भईसक्यो तर प्रदेशको नामङकन अझै भएन के कारणले भएन ?
प्रदेशको नामङकन यो भन्दा अगाडीको सांसद प्रदेशको राजधानी तोक्ने टिमले नै टुङग्याउनु खोजेको थियो त्यसमा सहमती जुट्न सकेन । प्रदेश सरकारको सोचाई सहमतीमा नामङकन टुङग्याउने छ मतान्तरको आधरमा नजाने भएकोले ढिला भईरहेको छ । हामी सहमती खोजिरहेका छौ अब छिट्टै टुङ्गो लाग्ने छ ।

अहिले नेपाल कम्युनिष्ट पार्टी बहुमतका सहित सत्तामा छ जनताले देख्ने दिगो विकास किन भएन रु विभिन्न विकृति हत्या, हिंसा, लुटपाट, चोरी डकैती र बलत्कार भ्रष्टचार किन बढी देखिन्छ ?

संक्रमण कालमा स्थिति स्थीर नभएको बेलामा गलत तत्वहरुले फाईदा उठाउन खोजिरहेको हुन्छन । पहिला पनि यस्ता प्रवृद्धि हुन्थ्यो तर सुचना पहुँच यति थिएन अहिले सुचना पहुँच बढी भएकोले देखिएको हो । यसमा सरकारको चासो कम भएको हैन सरकारले पनि सबै कुरालाई हेर्न पनि समस्य छ कर्मचारीहरु छैन पुर्ण व्यावस्थापन भएको छैन अनुभव पनि कम छ नितिनियमहरु बनिसकेको छैन । तर अब छिट्टै अन्त्य हुन्छ ।

अन्त्यमा केहि भन्नु छ कि ?
सम्पुर्ण जिल्लवासी तथा नेपालीहरुलाई दिपावली तथा अन्य महत्वपुर्ण पर्वहरुको शुभकामना दिन चाहान्छु । जनतालाई अहिलेनै आत्तिएर निराश हुनु पर्ने स्थिति छैन देशको चिन्ता गर्ने हाम्रो पार्टी सरकारमा छ भविष्यमा सबैले अनभुति गर्न सकिने काम गर्ने योजनाहरु भनाईरहका छौ र अब जनताले छिट्टै समृद्ध नेपल सुखि नेपालीको प्रत्याभुति गर्न पाउनेछन् । स्राेत: खबरट्वीट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार