• जनप्रगतिशिल मञ्च बेलायतको चौथो सम्मेलनमा प्रचण्डले सम्बोधन गर्ने

    लण्डन । नेकपा माओवादीको प्रवास कमिटी जनप्रगतिशील मञ्च बेलायतको चौथो राष्ट्रिय सम्मेलन हुने भएको छ । १२ डिसेम्बरमा भर्चुअल माध्यमबाट मञ्चको चौथो सम्मेलन हुने भएको हो ।   जनप्रगतिशिल मञ्च बेलायत सम्मेलन आयोजक समितिको बुधबार बसेको बैठकले कोरोना नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सम्मेलन भर्चुअल ...

  • गैर–आवसीय नेपाली संघ बेलायतको सदस्यमा क्षमता ढकाल मनोनित

    लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले सामाजिक सेवामा क्रियाशिल क्षमता ढकाललाई सदस्यमा मनोनित गरेको छ । गैर–आवसीय नेपाली संघ बेलायतको नव निर्वाचित कार्यसमितीले ढकालसहित ५ जनालाई कार्यसमितीमा मनोनित गरेको हो ।     समितिले ढकालसंगै आवेश राई, श्याम लुइटेल, हितकाजी गुरुङ र ग्याञ्जु शेपालाई ...

  • नेपाली जनसम्पर्क समितिको आगमी नेतृत्वमा कोपिला सुब्बाको उम्मेदवारी

    लण्डन । नेपाली कांग्रेसको प्रवास कमिटि नेपाली जनसम्पर्क समिति (एनपीसीसी), बेलायतको आगमी नेतृत्वका लागि युवा नेतृ कोपिला सुब्बाले सभापतिमा दावी गरेकी छिन । बर्तमान उपसभापति समेत रहेकी सुब्बाले विधि र पद्धतीलाई स्थापित गर्न उम्मेदवारी दिएकी बताउदै सभापतिमा दावी गरेकी हुन ।   नेपालको संविधान र पार्टीको विधा...

  • गैर-आवासीय नेपाली संघ बेलायतको प्रेस तथा पब्लिकेशन विभागका लागि नयाँ मिडिया समिति गठन

    लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको चालु कार्यकाल २०२१–२३ का लागि प्रेस तथा पब्लिकेशन विभाग (मिडिया समिति) बनेको छ । विधानतः संघका प्रवक्ता भरतमणी चोङबाङ प्रमुख संयोजक रहेको नयाँ समितिको प्रमुख सल्लाहकारमा बरिष्ठ पत्रकार भगीरथ योगीलाई चयन गरिएको छ । समितिमा प्रवक्ता चोङबाङ लगायत अन्य तीन जना सद...

  • जनप्रगतिशिल मञ्च बेलायत दक्षिण पुर्व कमिटिको अधिवेशन

    लण्डन । नेकपा माओवादीसम्बद्ध नेपाली जनप्रगतिशील मञ्च, बेलायतको दक्षिण पुर्व क्षेत्र कमिटीको अधिवेशन सम्पन्न भएको छ । मञ्चको मङ्गलबार प्लमस्टिडस्थित दक्षिण पुर्व कमिटिको अधिवेशन सम्पन्न भएको हो ।   अधिवेशनले हरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको पहिलो क्षेत्रीय अधिवेशनले पौडेलको नेत...

  • प्रधानमन्त्री शेरवहादुर देउवा बेलायत आइपुगे

    लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ लन्डन आइपुग्नुभएको छ । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार कतार एयरको उडानबाट लन्डन आइपुग्नु भएका हुन् । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभा...

  • नेपाली जनप्रगतिशिल मञ्च बेलायतको उत्तर पश्चिमी कमिटि गठन

    लण्डन । नेकपा माओवादी केन्द्रको प्रवास कमिटि अन्तर्गत रहेको नेपाली जनप्रगतिशिल मञ्च बेलायतको उत्तर पश्चिम कमिटि गठन भएको छ ।   आइतवार लण्डनको साउथ हेरोस्थित एक भेलाको आयोजना गरी बेलायतको उत्तर पश्चिम कमिटि गठन भएको हो । राजमणी राईको अध्यक्षतामा ५ सदस्यीय कमिटि गठन भएको छ । जसअनुसार सचिवमा पृथीलाल याक्खा ...

  • एनआरएनए बेलायतले नेपालका बाढी पहिरो पीडितहरुलाई १० लाख

    लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपालमा हालै बाढी पहिरोबाट मारमा परेका पीडितहरु र मृतकका परिवारलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ । गैर–आवसीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा गत अक्टोबर २४ मा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । अध्य...

  • गैर–आवसीय नेपाली संघ बेलायतद्धारा राजदूत लोकदर्शन रेग्मीलाई बिदाई

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बोलयतले संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई बिदाइ गरेको छ ।   २४ अक्टोबरमा नेपाल प्रस्थान गर्न लागेका राजदूत रेग्मीलाई गैर–आवसीय नेपाली संघ बेलायतले अल्डरशटस्थित आफ्नै कार्यालयमा सोमबार साँझ बिदाइ गरेको हो । अघिल्लो सरकारको गरेको (परराष्ट...